भारतका ३० बैंकका १० लाख कर्मचारी हडतालमा, आज कामकाज ठप्प

नयाँ दिल्ली । भारतका बिभिन्न स्थानमा रहेका २५ सरकारी र ५ पुराना नीजि बैंकका कर्मचरी हडतालमा उत्रिएका छन् । युनाइटेड फोरम अफ बैंक यूनियनको आव्हानमा देशैभरी १० लाख कर्मचारी हडतालमा सहभागी भएका हुन ।

भास्कर दैनिकका अनुसार, हडतालमा कर्मचारीका ४ र अधिकारीहरुका ५ यूनियन सहभागी छन् ।

नेशनल अर्गनाइजेन अफ बैंकर्सका उपाध्यक्ष अश्विनी राणाका अनुसार, यूनियनसँग जोडिएका पुराना नीजि बैंकमा कामकाज हुनेछैन । यसमा फेडरल कर्नाटका, करुर वैश्य, धनक्ष्मी, लक्ष्मीविलास बैंक रहेका छन् ।

सरकारी बैंकहरुको मर्जरको बिरोध तथा तलबमा बृद्धि हुनुपर्ने माग राखेर कर्मचारीले आन्दोलन सुरु गरेको भास्करले जनाएको छ ।

केही समय अघि सरकारले बैंक अफ बडोदा र विजया बैंंकबीच मर्जर गर्ने निर्णय गरेको थियो । कर्मचारीले यसको बिरोध गरेका छन् ।

कर्मचारीहरुले यसअघि पनि अघिल्लो हप्ता हडताल गरेका थिए ।

कमेन्ट गर्नुहोस्