मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

इनरुवा, पुस ११ ।

सुनसरी सदरमुकाम इनरुवामा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२प ९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

गम्भीर घाइते पण्डितलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लैजाने क्रममआ बाटोमै मृत्यु भएको हो । ट्रयाक्टर चालक इनरुवा– ३ का डुमरलाल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

कमेन्ट गर्नुहोस्