आज अपरान्ह ४ बजे संसदको हिउँदे अधिवेशन, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने

काठमाडौं, संघीय संसदको हिउँदे अधिवेशन आज शुरु हुन गइरहेको छ ।

आज अपरान्ह ४ बजे संघीय संसदको भवन नयाँ वानेश्वरमा हुने बैठकको कार्यसूचिमा निकै विवादमा रहेको कर्मचारी समायोजनसम्बन्धी अध्यादेश पनि रहेको छ ।

पहिलो दिनको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

यसबाहेक आज नै बिभिन्न दलका सांसदहरुले मन्तव्य राख्ने तथा प्रशासकीय अदालत विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूचि समेत रहेको छ ।

बैठकको शुरुमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने छ ।

कमेन्ट गर्नुहोस्