एकै रुखमा डेढ लाखको एभोकाडो

धनकुटा, पुस ११ । धनकुटाका एक कृषकले एउटै बोटबाट एक लाख रुपैंयाँ भन्दा बढीको एभोकाडो बेचेका छन् ।

धनकुटा नगरपालिका वडा नम्बर ४ स्कुल डाँडाका कृषक राजकुमार तामाङ्गको बारीमा लगाएको करिब २५ वर्षे पुरानो बोटमा एक लाख रुपैंयाँभन्दा बढीको एभोकाडो फलेको हो ।

उनको यस बोटमा करिब १० क्विन्टल भन्दा बढी एभोकाडो फलेको छ । अहिले कृषकले बारीमै प्रतिकिलो १ सय ५० रुपैंयाँभन्दा बढी पाउने गरेका छन् ।

यसरी यस बोटबाट करिब एक लाख पचास हजार रुपैंयाँ आम्दानी हुन्छ । गत बर्ष नै तामाङले यस बोटको फल एक लाख रुपैंयाँमा ठेक्का लगाएका थिए । इमेजखबरबाट

 

कमेन्ट गर्नुहोस्