नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौँ, पुस ११ ।

नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै बुधबार मूल्य समायोजन गरेको हो ।

स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा शेयरमूल्य समायोजन भएको जनाएको छ । बैंकको औसत आधार मूल्य रु ६६७ रहेको छ ।

बैंकले आव २०७४-७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकले यही पुस २९ गते वार्षिक साधारणसभाको आह्वान गरेको छ । हाल बैंकको चुक्ता पूँजी रु १० अर्ब ६४ करोड ५६ लाख रहेको छ भने लाभांश वितरणपछि चुक्ता पूँजी रु १२ अर्ब ५६ करोड १८ लाख पुग्ने छ । रासस

कमेन्ट गर्नुहोस्