पाकिस्तानी सेनाको आक्रमणमा परी २ गोर्खा सैनिकको मृत्यु

काठमाडौं, पुस ११ । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाको सुवेदार पदमा कार्यरत दुई नेपालीहरु मारिएका छन् । उनीहरू भारतीय राज्य जम्मु र कश्मीरमा कार्यरत थिए ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा-९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा परेको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका थापाद्वयको निधन श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा भएको हो । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २ र ८ गोर्खा राइफल्समा भर्ती भएका थिए ।

भारतीय सञ्चार माध्यमले पाकिस्तानले युद्धविराम भंग गर्दै हमला गरेको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्