परराष्ट्र मन्त्रालयको गम्भीर त्रुटि, ज्यान गुमाएकालाई ‘बधाई’ उल्लेख !

काठमाडौं, पुष ११ । नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ । इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौंको मृत्यु भएको विषयमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको हो ।

परराष्ट्रले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा ‘बधाई’ दिएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौं ज्यानहरू गएकोमा ‘बधाई सन्देश पठाएको’ लेखिएको छ।

पहिलो वाक्यमा गम्भीर गल्ती भए पनि दोस्रो वाक्यमा भने राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ।

 

कमेन्ट गर्नुहोस्