त्रिभुवन विश्वविद्यालयद्धारा हिउँदे र वर्षे विदामा हेरफेर (सूचनासहित)

काठमाडौं, पुष ११ । त्रिभुवन विश्वविद्यालयले हिउँदे र वर्षे विदामा परिर्वतन गरेको छ । अब विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई व्यवस्थित बनाउने भन्दै वर्षे विदा २२ दिन र हिउँदे विदा २३ दिन दिने भएको हो ।

विगतका वर्षहरुमा विश्वविद्यालयले हिउँदे र वर्षे विदा उपत्यका वाहिर क्रमशः १५ दिन र ३० दिन तथा उपत्यका भित्र क्रमशः ३० दिन र १५ दिन विदा दिँदै आएको थियो ।

विदा सम्बन्धी गरेको नयाँ व्यवस्था हेर्नको लागि यहाँ क्लिक गरे पनि देखिन्छ

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा सेमेष्टर प्रणालीमा पठन-पाठन संचालनमा ल्याएपछि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीको शैक्षिक क्यालेण्डर समेत प्रभावित हुने भन्दै विगतका विदालाई समायोजन गरेर अध्ययन अध्यापनमा अनुकूलता मिलाई विदामा हेरफेर गरेको हो ।

कमेन्ट गर्नुहोस्