टीम हार्ने देखेपछि मैदानमा छिरे रोनाल्डो, गोल ठोके पछि युभेन्टस बराबरीमा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले इटालियन सिरि ए फुटबल क्लब युभेन्टसलाई हारबाट जोगाएका छन् । उनी बुधबार राति एटलान्टा विरुद्धको नखेल्ने जस्तो भइरहेको थियो । प्रशिक्षकले मैदानमा नउतार्ने भनिरहेका थिए ।

तर २–१ ले पछि परेपछि रोनाल्डोले धैर्य गर्न सकेनन् । मैदानमा छिरे र ७८ औं मिनेटमा गोल ठोके । खेल २–२ को बराबरीमा सकियो ।

२ मिनेटमै युभेन्टसले आत्मघाती उपहार पाएको थियो । २४ औं मिनेटमा जापाटाले गोल गर्दैै एटलान्टालाई बराबरीमा ल्याए ।

५३ औं मिनेटमा रोड्रिगोले दोहोरो पहेंलो कार्ड खाएपछि युभेन्टस १० जनामा समेटियो ।

जापाटाले फेरि अर्को गोल थपे । तर रोनाल्डोले युभेन्टसको उद्दार गरे ।

यो खेलपछि १८ खेलबाट ५० अंकको युभेन्टस अपराजित छ । उसले २ खेलमा बराबरी गरेको छ ।

दोस्रो स्थानको नापोलीको ४१ अंक छ ।

कमेन्ट गर्नुहोस्