अभिनेत्री तथा मोडल रिमाको ‘तिम्रो त्यो’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

नायिका रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’ सार्वजनिक भएको छ ।

जहाँ उनी प्रेम पीडामा देखिएकी छिन् । उनलाई भिडीयोमा मोडल जीवन भट्टराई र जोर्डनराज भण्डारीले साथ् दिएका छन् । प्रेम र विछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ ।

सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द, निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ ।

भिडियोलाइ निर्देशन भने सोनम पाख्रिनले गरेका हुन् । भिडियोमा सुशील न्यौपानेको सम्पादन, विमला तामाङको मेकअप र उत्सब दाहालको छायाकन देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्