न्यू अञ्जना डिजिटल मिडियाको प्रस्तुति नेपालको समसामयिक घटना क्रमलाई समेटेर अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा गायिका तारा थापा र गायक हरिराम बिसीको आवाजमा मौलिक वास्तविक जनजीविकाको भोगाईमा आधारित गीत ‘कस्तो लोकतन्त्र ?’ को भिडियो सार्वजनिक भएको छ ।
नेपालमा ब्याप्त भष्टचार, बलात्कार र आतंकको अवस्थालाई गीतमा समेटिएको छ ।
गीतमा यम थापाको एरेन्ज, मानबहादुर बरालको मिक्सिङ रहेको छ । दिपक गिरीको छायाँकन, प्रकाश एसकेको सम्पादन, निशान एसकेको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्मबमोजिम अर्जुन र ताराको अभिनय रहेको छ ।
‘कस्तो लोकतन्त्र’ गीतको भिडियो हेर्नुहोस