काठमाडौं । जन्मदिने आमा सानैमा गुमाउनु परेपनि कर्म दिने आमाको मायाले यहाँसम्म आइपुगेका रवि वडको जीवनमा आमाको माया कहिलै जुरेको रहेन छ क्यार ।
आमाले जत्ति नै माया दिएर बाल्यकालदेखि रविलाई काखको काखै हुर्काएकी कर्म दिने आमा रविलाई सफल बनाउन चाहन्थिन । अरु मानिसहरूसँग धेरै बोल्न नरुचाउने अन्तर्मुखी र सोझो स्वभावकी, रबि वडकी आमा कर्म, कर्तव्य र ममताकी खानी थिइन ।
रवि वड सफल हुदा उनकी कर्म दिने आमा सबैभन्दा खुशी थिइन र रवि वडले आमालाई जन्मदिने आमाको भन्दा बढी माया गर्थे । तर, दुर्भाग्यवस रविको प्रगतिमा थोरैमात्र खुशी हुन नपाउँदै रवि वडकी आमाको दुखद निधन भयो र रवि साँच्चैको टुहुरो बनेका छ्न ।
दुःखको यस घडीमा तीनै आमाप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केही दिनअघि रबि वडकी दिदीसँग गरिएको कुराकानीमा उनकी कर्मदिने आमाको केही झलक–