तोलामा कतिले बढ्यो सुनचाँदीको भाउ ?

काठमाडौं, पुस १० ।

साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  तोलामा कतिले बढ्यो सुनको मूल्य ?

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार बजारमा चाँदीको मूल्यमा दश रुपैयाँले बढेको छ ।

बुधबार चाँदीको मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ७ सय ३५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्