बिग ब्यास लिगः आज पनि सन्दीप चम्किए, लिए पहिलो विकेट [अपडेट]

काठमाडौं, पुष १२ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आज पनि उनले शानदार प्रदर्शन गरेका छन् । पहिलो ओभरमा ४ रन मात्र दिएका उनले दोस्रो ओभरको दोस्रो बलमा विकेट लिएका हुन् । यसअघिका २ खेलमा सन्दीपले ५ विकेट लिइसकेका छन् ।

यो पनि पढ्नुहोस्

बिग ब्यास लिगः सन्दीपको टिमले टस जित्यो, पहिला बलिङ गर्ने [अपडेट]

 टस जितेर बलिङ रोजेको सन्दीपको टिमले पहिलो ओभरमै विकेट लिन सफल भएको छ । यो विकेट एडम जाम्माले लिएका हुन् । मेलबर्न स्टार्सले आज मेलबर्न सिड्नी सिक्सर्ससँग खेल्दै छ ।

यो पनि पढ्नुहोस्

बीबीएलः दुवै खेलमा कप्तान आउट गरेका सन्दीप आज पनि चम्किएलान् ?

कमेन्ट गर्नुहोस्