बीबीएलः ब्याट्सम्यानलाई आच्छु–आच्छु, सन्दीपले लिए अर्को विकेट [अपडेट]

काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आज पनि उनले शानदार प्रदर्शन गरेका छन् । उनले आज तीन ओभर बलिङ गर्दा २ विकेट लिइसकेका छन् ।

पहिलो ओभरमा ४ रन मात्र दिएका उनले दोस्रो ओभरको दोस्रो बलमा विकेट लिए । उनले यो ओभरमा पनि ४ रन मात्र दिए । यस्तै, तेस्रो ओभरको अन्तिम बलमा पनि विकेट लिन सफल भए । सन्दीपले ३ ओभर बलिङ गर्दा मात्र ११ रन खर्चिए । यसअघिका २ खेलमा सन्दीपले ५ विकेट लिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्