नेप्से घट्यो, कारोवार बढ्यो

काठमाडौं, पुष १२ । बुधबार उच्च अंकले वृद्धि भएको शेयर बजार आज भने पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव शून्य आठ विन्दुले घटेर एक हजार २१५ दशमलव १६ विन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १५ विन्दुले घटेर २५८ दशमलव ६६ विन्दुमा झरेको छ । बजार घटे पनि कारोवार रकममा भने आज सुधार आएको छ ।

याे पनि पढ्नुस  आजको अपडेटः नेप्से परिसूचक कारोबारमा ८.५७ अंकले सुधार

धेरै पछि कारोवार रकम अर्बमाथि पुगेको छ । कूल १७४ कम्पनीको २८ लाख ७२ हजार ५५१ कित्ता शेयर रु एक अर्ब १२ करोड २९ लाख ६९ हजार २०९ मूल्यमा खरीद–बिक्री भएका छन् ।

आज कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने घटेका छन् । उत्पादन १९ दशमलव १८, अन्य ११ दशमलव ४६ र जीवन बीमा १७० दशमलव ४२ विन्दुले बढेका छन् ।

याे पनि पढ्नुस  यस कारण शेयर बजारमा अाजकल छैन तीब्र उतारचढाव

यस्तै बैकिङ ६ दशमलव ६६, व्यापार दुई दशमलव ९६, होटल ६३ दशमलव ६३, विकास बैंक पाँच दशमलव २९, जलविद्युत् चार दशमलव २९, वित्त दुई दशमलव २१, जीवन बीमा ४८ दशमलव ६७ र माइक्रोफाइनान्स दुई दशमलव ६५ विन्दुले घटेका छन् ।

याे पनि पढ्नुस  लगातार अोरालो लाग्दै गरेको नेप्से सामान्य अंकले उकालो चढ्यो

घटेको बजारमा सिटिजन इन्भेस्टमेन्ट ट्रष्ट, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, समता माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल लाइफ इन्सुरेन्स, वरुण हाइड्रोपावर कम्पनीका शेयरधनीले कमाएका छन् ।

यस्तै सिद्धार्थ इक्विटी ओरेण्टेड स्किम, सनराइज बैंक लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, गरिमा विकास लघुवित्त वित्तीय संस्था सोल्टी होटल लिमिटेडका शेयरधनीले गुमाएका छन् । रासस

कमेन्ट गर्नुहोस्