सपथ गराउन माग गर्दै मनाङेले दिए निवेदन

काठमाडौं, पुष १२ । गुण्डा नाइके दीपक मनाङेले गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् । मनाङबाट प्रदेशसभामा निर्वाचित उनले आफूलाई प्रदेशसभा सदस्यको रुपमा सपथ गराउन माग गर्दै निवेदन दिएका हुन् ।

गण्डकी प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले मनाङेको निवेदन आएको पुष्टि गरे । ‘उहाँको निवेदन बोकेर एक जना आउनुभएको थियो, निवेदन दर्ता भएको छ’ उनले भने, ‘अब यसमा छलफल गरेर अगाडि बढ्छौं ।’

ज्यानसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहरिएका मनाङे सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरी धरौटी बुझाएपछि रिहा भएका थिए ।

कमेन्ट गर्नुहोस्