नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न उत्सुक छौ-कतार

दोहा,पुष १२।कतारका लागि नेपाली राजदूत प्रा. रमेशप्रसाद कोइराला र नेब्रास पावर कतारका प्रमुख कार्यकारी अधिकृत खलिद मोहम्मद जोलो बिच बुधबार
शिष्टचार भेटवार्ता सप्पन्न भएको छ।

भेटका अवसरमा दुई देश बिचको आपसी सम्बन्धलाई मजबुत बनाउदै नेपालको जलविद्युत क्षेत्रमा कतारको लगानी भित्र्याउने सम्बन्धमा छलफल भएको दूतावास स्रोतले जानकारी दिएको छ।

छलफलमा कार्यकारी अधिकृत मोहम्मद जोलोले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताउदै त्यसका लागि आवश्यक अध्ययन तथा छलफल गरी अगाडी बढ्न सकिने विचार व्यक्त गरेका छन्।

नेपालको जलविद्युत क्षेत्रमा गरेको लगानी सुरक्षित रहने बताउदै राजदूत कोइरालाले संभाव्य आयोजना सम्बन्धी छलफलका लागि नेपालबाट एक प्राविधिक टोलि कतार आइ विस्तृत प्रस्तुतीकरण गर्ने सम्बन्धमा समेत छलफल भएको जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्