सशस्त्र प्रहरीका ८ एसपी एसएसपीमा बढुवा (नामसहित)

काठमाडौं, पुष १२ । सशस्त्र प्रहरी बलका ८ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षमा बढुवा गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरिएको हो ।

बढुवाको सूचीमा परेका एसपीमा भगवान मल्ल, भीमबहादुर थापा, कालिदास धौवजी, इन्द्रराज कार्की, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने र फडिन्द्र पौडेल रहेका छन् ।

कमेन्ट गर्नुहोस्