झापाको मेचीनगरमा भिषण आगलागी, दर्जन घर जले

झापा, पुष १२ । जिल्लाको मेचीनगर–६ स्थित साठी बिघा भन्ने ठाउँमा भिषण आगलागी भएको छ । आगलागी हुँदा दर्जन घर जलेका छन् । राति करिब ८ बजेदेखि लागेको आगो अहिलेसम्म निभाउन सकेको छैन ।

ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दमकलसहित स्थानीय र सुरक्षाकर्मी लागीपरेका छन्।

अगालागीबाट मानवीय क्षति भने भएको छैन। एक मात्र दमकल भएकाले आगो निभाउन कठिनाई भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्