चलचित्र ‘अदालत’को रिलिजको मितिसहित फस्टलुक सार्वजनिक !

काठमाडौं, पुस १३ ।

फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण गरिएको फिल्म ‘अदालत’को रिलिज मिति सहित फष्टलुक सार्वजनिक भएको छ ।

फागुन २४ गतेबाट देशभरिका हलहरूमा फिल्म प्रदर्शन हुन लागेको हो ।

फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दाजस्ता आपराधिक एवं संवेदनशील घटनाका विरुद्धको न्यायको कथालाई फिल्ममा देखाइएको बताए ।

फिल्ममा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ भने मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।

फिल्ममा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । फिल्ममा बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । फिल्ममा कविता राई लिङ्देन निर्मात्री छिन् ।

कमेन्ट गर्नुहोस्