चर्चित अभिनेता कादर खान अस्पतालमा भर्ना

एजेन्सी – बलिउडका चर्चित अभिनेता तथा हास्यकलाकार कादर खान अस्पतालमा भर्ना छन् ।भ ८१ वर्षका अभिनेता कादर खानको प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित छ । आफ्ना छोरा–बुहारी सरफराज र शाइस्तासँग थुप्रै वर्षदेखि क्यानडामा बसिरहेका कादर खानलाइ डाक्टरको एक समूहले स्वास्थ्यमा लगातार हेरबिचार गरिरहेका थिए ।

याे पनि पढ्नुस  बलिउड अभिनेता कादर खानको निधन

उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको छ ।उनमा निमोनियाको लक्षण देखिएको र उनको स्थिती अत्यन्तै नाजुक रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्