शुक्रबार फेरि तोलामा कतिले बढ्यो सुनचाँदीको मूल्य ?

काठमाडौं, पुस १३ ।

साताको अन्तिम दिन अर्थात शक्रबारको दिन नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।

बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बिहीबार तेजाबी सुनको मूल्य ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार बजारमा चाँदीको मूल्यमा दश रुपैयाँले बढेको छ ।

बिहीबार चाँदीको मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ७ सय ४५ रुपैयाँमा कारोबारमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्