गोरखापत्रले ५० जना कर्मचारी माग्यो ! (सूचना सहित)

काठमाडौ‌, पुस १३ ।

गोरखापत्र संस्थानका प्रकाशनहरु काठमाडौं उपत्यकाभित्र निजी, सरकारी, अर्धसरकारी क्षेत्रका विज्ञापन संकलन गर्नको लागि गोरखापत्रले कर्मचारी माग गरेको छ ।

करार सेवामा ५० जना विज्ञापन संकलकको लागि गोरखापत्रले दरखास्त आव्हान गरेको हो । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले पुस २७ गतेसम्म दरखास्त आवेदन फाराम बुझाउन सक्ने संस्थानले जनाएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम ‘प्लस टु’ उत्तीण वा सो सरह हुनुपर्ने जनाइएको छ । अनुभवी, बजार व्यवस्थापन विषयमा स्नातक गरेको तथा मोटरसाइकल, स्कुटर चलाउन सक्नेलाई विशेष ग्राह्यता दिइने बताइएको छ ।

नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि, अनुभवको प्रमाणपत्र, ४ प्रति पासपोर्ट साइजको फोटो र व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्नुपर्ने संस्थानले सूचनामा उल्लेख गरेको छ ।

सेवा सुविधा भने संस्थानले निर्णय गरेअनुसार दिईने भएको छ । थप गोरखापत्र संस्थान, कर्मचारी प्रशासन शाखाले प्रकाशित गरेको तलको सूचनामा हेर्नुहोस् ।

यस्तो छ सूचना-

कमेन्ट गर्नुहोस्