कालिकोटका अग्निपीडितलाई विप्लवको पार्टीद्वारा राहत वितरण

कालिकोट, पुष १३ । आगलागीबाट बिचल्लीमा परेका कालिकोटको पलाँता गाउँपालिका–१ खाडाबासीलाई नेपाल कम्युनिस्‍ट पार्टी (विप्लव) समूहले राहत वितरण गरेको छ । विप्लवको पार्टीले अग्निपीडितलाई ५० हजार नगद र ५० हजारको जिन्सी सामान राहत वितरण गरेको हो।

वास्तविक पीडितहरूको पहिचान गरी ‘क’ श्रेणी क्षति पुगेका परिवारलाई २ हजार रुपैयाँ नगद र ३ वटा थाली र ‘ख’ श्रेणीका पीडितहरुलाई १ हजार रुपैयाँ नगद र २ वटा थाली र ‘ग’ श्रेणीका पीडितहरुलाई ५ सय रुपैयाँ नगद र १ वटा थाली राहतस्वरूप प्रदान गरिएको नेपाल कम्युनिस्‍ट पार्टी (विप्लव) समूह जिल्ला सेक्रेटरी मनीलाल ऐडी ‘रणदीप’ ले जानकारी दिए । यही पुष ८ गते बस्तिामा आगलागाी हुँदा ३० घर जलेर नष्ट भएका थिए ।

कमेन्ट गर्नुहोस्