चर्चित गीत ‘घाँस काट्ने खुर्केर’ का गायक लामिछानेको निधन

काठमाडौं, पुष १३ । लोक गायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार ६३ वर्षको उमेरमा निधन भएको छ । भक्तपुरस्थित चाँगुनारायण नगरपालिका ७ वागेश्वरीको आफ्नै निवासमा उनको निधन भएको हो ।

गायक लामिछाने लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । उनको उपचारमा सहयोग गरिरहेको विनयजंग बस्नेतले लामिछानेको शुक्रबार निधन भएको पुष्टि गरे ।

सहयोगी बस्नेतका अनुसार गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए । लामिछानेको शव श्रद्धाञ्जलीका लागि ४ घण्टा घरमा राखेर आजै अन्तयेष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

लामिछानेका २ छोरा रहेका छन् । उनले वि. सं २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेका थिए । लमिछानेका घाँसै काट्ने खुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका लोकगीतहरु चर्चित छन् ।

कमेन्ट गर्नुहोस्