सरकार ‘कठैबर’ भन्ने अवस्थामा नभई समृद्धिको यात्रामा छः प्रधानमन्त्री ओली

काठमाडौं, पुष १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार मुलुकलाई अघि बढाउन लागि परेको छ, कसैले निराश हुनुपर्दैन ।’ प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्ष भित्र मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने घोषणासमेत गरे ।

उनले भन्सार नाकाहरुबाट आयात घटन सुरु गरेको र राजस्व तीन गुणाले वृद्धि भएको उल्लेख गर्दै यसले असाधारण आर्थिक वृद्धिदरको संकेत दिएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नौं महिनाको अवधिमा कानुन निर्माण र संस्थागत संरचना निर्माणमा ध्यान दिनु परेकाले विकास, निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै अब रफ्तारका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले सरकार ‘कठैबर’ भन्ने अवस्थामा नरहेको उल्लेख गर्दै दुनिँयाले सोचेभन्दा तीव्र गतिका साथ आर्थिक वृद्धि गर्ने दावी पनि गरे । प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नियन्त्रणमा उल्लेख प्रगति गरेको दावी पनि गरे ।

कमेन्ट गर्नुहोस्