खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई विदा गर्नुपर्छः अध्यक्ष प्रचण्ड

काभ्रे, पुस १३ । नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्र सेवक कर्मचारीहरू ऐन र कानुनले निर्देशित गरे अनुसार खटाइएको ठाउँमा जानुपर्ने बताएका छन् ।

काभ्रेको चौरी देउराली गाउँपालिका वार्ड नम्बर- २ स्थित खाँडादेवी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा प्रमुख अतिथिको रूपमा बोल्ने क्रममा अध्यक्षले संघीयतामा देश जाने भनेको राज्यको शक्ति विकेन्द्रित भएर जनाताको घर दैलोमा जाओस भनेर नै भएकाले राज्यका सम्पूर्ण संयन्त्रले यसमा हातेमालो गर्नुपर्ने समेत बताएका हुन् ।

याे पनि पढ्नुस  कर्मचारीको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि

राष्ट्रसेवक कर्मचारीहरू स्थायी सरकारका रूपमा रहने भएकाले उनीहरूले ऐनले निर्देशित गरे बमोजिम खटाइएको ठाउँमा गएर संघीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

कर्मचारी समायोजन सम्बन्धी कानुन बन्न केही ढिला हुन पुगेको स्वीकार गर्दै अध्याक्ष प्रचण्डले अब यस प्रक्रियाले गति लिने समेत बताए । प्रचण्डले यसरी खताइएको ठाउँमा नजाने कर्मचारीहरूलाई सरकारले विदा गर्नु पर्ने समेत बताए ।

देश नयाँ व्यवस्थामा प्रवेश गरेकाले अब पहिले जस्तै सबै शक्ति एकै केन्द्रमा केन्द्रित हुने र जनताको हैसियत रैतीको जस्तै हुने अवस्था अब नरहेको र अब राज्यको शक्ति गाउँगाउँमा पुग्ने पर्ने र यसका निम्ति कानुन बनाइदै गरेको समेत बताए ।

याे पनि पढ्नुस  राउटेको उपचार र कुलपूजाका लागि प्रधानमन्त्री कार्यालयकाे सहयाेग

पार्टी केन्द्रिय कमिटीको बैठकबारे बोल्दै प्रचण्डले अब पार्टी एकीकरण चाडै टुङ्गोमा लाग्ने समेत बताए । अध्यक्ष प्रचण्डले काँग्रेस महासमितिको बैठक समेत निकै सौहार्द्रपूर्ण र लोकतान्त्रिक ढङ्गले टुंगिएकोमा आफू निकै हर्षित भएको समेत बताए । शान्ति प्रक्रिया र संविधान निर्माणको महत्वपूर्ण साझेदार दलभित्रको कलह देशका लागि राम्रो नभएको समेत प्रचण्डको मत थियो ।

याे पनि पढ्नुस  प्रचण्ड र ओलीबीच खुमलटारमा निर्णायक वार्ता शुरु

संविधान कार्यान्वयनका लागि आवश्यक हुने सम्पूर्ण ऐन कानूनहरू निर्माण भैसकको या निर्माणको क्रममा रहेकाले अब मौलिक हक कार्यान्वयनमा सहज हुने समेत बताए ।

अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता मौलिक हकहरू संविधानमै सुनिश्चित गरिएकाले यदि यी हकहरू प्राप्त नभएमा जनताले राज्य विरुद्ध अदालतको ढोका ढकढकाउन सक्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्