डिएसपीलाई ५० हजार घुस दिन खोज्ने ‘गोरु तस्कर’ पक्राउ

काठमाडौं, पुष १२ । प्रहरीलाई घुष दिन खोज्ने दुईजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कोलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहलाई घुस दिन खोज्ने दुई जना ‘गोरु तस्कर’ पक्राउ परेका हुन् ।

शुक्रबार डिएसपी सिंहको कार्यकक्षमा छिरेर घुस दिन खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र कोहलपुर–१२ स्थायी घर भएका नवराज थापा रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देवान र थापाले बाँकेबाट दाङ हुँदै भारततर्फ अवैध रुपमा गोरु तस्करी गर्ने गरेको खुलेको छ ।

कमेन्ट गर्नुहोस्