सर्वाधिक कमाउने खेलाडीको सूचीमा नेइमार पाँचौ स्थानमा

एजेन्सी । यो वर्ष ब्राजिलीयन फुटबलर नेइमार सर्वाधिक कमाउने खेलाडीको सूचीको पाँचौ स्थानमा परेका छन् । नेइमार आजभोलि फ्रान्सेली लिग वान टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्छन् ।

उनले सन् २०१८ मा पारिश्रमिकबाट ७ करोड ३० लाख डलर प्राप्त गर्दा व्यापारिक अनुबन्धबाट भने एक करोड ७० लाख डलर कमाए । उनीभन्दा अगाडि फ्लोयड पेवेर, लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र कोनर म्याकग्रेगर रहेका छन् ।

कमेन्ट गर्नुहोस्