अर्थमन्त्री भन्छन्, ‘तीन वर्षपछि कोही पनि फुसको छानाको घरमा बस्नुपर्दैन’

सिन्धुली, पुष १३ । अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी तीन वर्षभित्र कोही पनि फुसको छानाको घरभित्र बस्नु नपर्ने दाबी गरेका छन् । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शुक्रबारदेखि सुरु भएको ३ नम्बर प्रदेशस्तरीय ‘प्रादेशीक महोत्सव २०७५’ को उद्घाटन गर्दै उनले भने, ‘तीन वर्षभित्र कोही पनि फुसको छानाको घरभित्र बस्नु पर्दैन, त्यसका लागि ‘जनता आवास कार्यक्रम’ ल्याइएको छ ।’

याे पनि पढ्नुस  वित्तीय प्रणालीमा स्थायित्व आएको छः अर्थमन्त्री

साथै, अर्थमन्त्री खतिवडाले भूकम्प पीडितलाई पाँच प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयाँसम्म ऋण दिन सरकारले तयारी गरिरहेको जानकारी दिए । उनले भूकम्प पीडितलाई राहत दिन सकारले यस्तो नीति ल्याउन लागेको बताए ।

त्यस अवसरमा ३ नम्बर प्रदेशका वन, वातावरण, पर्यटन तथा उद्योग मन्त्री अरुण नेपालले ३ नम्बर प्रदेशलाई उद्योगको हब बनाउन सरकार लागि परेको बताए ।

याे पनि पढ्नुस  करको दायरा वृद्धि गरिएको छः अर्थमन्त्री

प्रदेश नम्बर ३ का विभिन्न जिल्लामा उत्पादन भएका घरेलु सामान, कृषि, पर्यटन, उर्जा, कला र संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले सुरु भएको उक्त महोत्सव पुस २२ गतेसम्म सञ्चालन हुने आयोजक सिन्धुली उद्योग वाणिज्य सङघले जनाएको छ । महोत्सव कमलामाई नगरपालिकाको सहकार्यमा सुरु भएको हो ।

कमेन्ट गर्नुहोस्