सरकारले जनताको आवश्यकता अनुरुप काम गर्नुपर्छः अध्यक्ष तामाङ

कैलाली, पुष १३ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङले वर्तमान सरकारले जनभावना अनुरुप काम गर्नेपर्ने बताएका छन् । स्वतन्त्र विद्यार्थी यूनियन घोडाडीडी बहुमुखी क्याम्पसको आयोजनामा भएको वृहत सांस्कृतिक कार्यक्रममा बोल्दै उनले भने, ‘नेकपाको काधमा बिकास, समृद्धि, सुशासनसहितको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउने दायित्व छ । यो दायित्वलाई साकार बनाउन वर्तमान सरकारले निर्वाह गर्नुपर्छ ।’

याे पनि पढ्नुस  विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्याइने अध्यक्ष तामाङ

स्ववियु सभापति जीवन बिसीको सभापतित्वमा समपन्न कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष नरेन्द्र न्यौपाने, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सचिव मदन कुमार भुल ‘रोशन’, लोकेन्द्र सिंहलगायतको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा स्थानीय विभिन्न सांस्कृतिक झल्कीने नृत्य तथा गायन प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्