मलेसियामा एउटै कम्पनीका दुई नेपाली कामदारको मृत्यु

मलेशिया,पुष १३।मलेसियाको बातु पहाड स्थित सिन कावाङ प्लास्टिक कम्पनी मा कार्यरत दुई नेपाली कामदारको मृत्युु भएको छ।

केहि दिन अघि मात्र रोजगारीको शिलशिलामा मलेसिया पुगेका रौतहटका सन्तोष यादव र पाल्पाका चुरा दर्लामी मगरको मृत्युु भएको हो। विहिबार बिहान रसायनिक ( केमिकल ) को ट्याङ्की सफा गर्ने क्रममा केमिकलको गन्धले बेहोस भएका यादव उक्त ट्याङ्की भित्र खसेका थिए । उनलाई निकाल्नका लागि सहयोग गर्ने क्रममा मगर पनि बेहोस भएका थिए।

याे पनि पढ्नुस  संविधान दिवस नमनाउन आदिबाशी जनजाती महासंघ मलेशियाको अपिल

केमिकलको अत्याधिक असरका कारण स्वासप्रस्वास बन्द भएर उनिहरुको मृत्यु भएको सोही कम्पनीमा कार्यरत हिरालाल तामाङले जानकारी दिएका छन्। विहिबार कम्पनीमा विदा भएको भन्दै सबै जना मिलेर उक्त ट्याङ्की सफाई गरिदिन कम्पनीका सुपरभाइजर ले आदेश गरेका थिए। केमिकल को ट्याङ्की धेरै दिनदेखि त्यतिकै राखिएको र त्यसभित्र केमिकलको ग्यास भरिएको थियो ।

याे पनि पढ्नुस  मलेशियामा मदिरा सेवन गर्दा मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुग्यो १६ जना नेपाली अस्पतालमा

ट्याङ्की भित्र फसेका उनिहरु लाई बचाउको लागि त्यहाँ कार्यरत नेपाली कामदारहरुले सुपरभाइजर लाई आग्रह गरी ट्याङ्की काट्नको लागि आदेश मागेका थिए । तर उनले प्रहरीले आदेश नदिएसम्म काट्न नमिल्ने बताए । केही बेर पछि ट्याङकी काटियो तर तब सम्म सन्तोषले ज्यान गुमाई सकेका थिए भने मगर लाई अस्पताल त पुर्याईयो तर बाच्न सकेनन् समयमै ट्याङ्की काटेर उनिहरु लाई निकालिएको भए सन्तोषको बाँच्ने सम्भावना थियो तर प्रमुखले आदेश नदिएपछि सन्तोषलाई हत्या गरिएको अारोप लगाउदै कामदारहरुले केही घण्टा कम्पनीमा हडताल समेत गरिएको थियो ।

याे पनि पढ्नुस  मलेसियामा ‘लकडाउन’ थपियो, सुरक्षा सतर्कता अपनाउन दूतावासको अनुरोध

मृतकको सव पोस्टमार्टम पछी नेपाल पठाउने तयारी रहेको जानकारी समेत तामाङले दिए। घटना बारे नेपाली दुतावास मलेसिया लाई सम्पर्क गर्दा शुक्रबार दिउसो सम्म पनि केही जानकारी नभएको दूतावासका कर्मचारीले बताए।

कमेन्ट गर्नुहोस्