भारतमा बाल यौन शोषण कानुनमा संशोधन, मृत्युको सजायसम्म दिइने

नयाँ दिल्ली । भारत सरकारले बाल यौन शोषणसम्बन्धी कानुनमा संशोधन प्रस्ताव स्वीकृत गरेको छ । भारतको केन्द्रीय मन्त्रीपरिषदले प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स (पाक्सो) कानुन अन्तर्गत दोषीलाई मृत्युको सजायसम्म दिन सकिने भएको हो ।

केन्द्रीय कानुन मन्त्री रविशंकर प्रसादका अनुसार, यो संशोधनबाट बालबालिकाथि बढिरेहका बाल शोषणका घटनामा अंकुश लगाउन सकिने छ ।

कानुन मन्त्रीले नयाँ संशोधन बालबालिकाले झेल्नुपर्ने तनावलाई ध्यानमा राखेर गरिएको बताए । यसबाट बच्चाको सुरक्षा र गरिमा बढने उनको जिकिर छ । संशोधनको उद्दे्रय बाल शोषण र बाल पोर्नोग्राफीका अपराधबाट बालबालिकालाई जोगाउने रहेको थियो । अहिले सोही अनुसार, बिभिन्न धारामा संशोधन गरिएको हो ।

पुरानो व्यवस्था परिवर्तन गर्दै कतिपय अवस्थामा मृत्युको सजायको प्रावधान समेत राखिएको छ । विपदको अवस्थामा हुने यौन अपराधलाई पनि यो कानुनमा समेटिएको छ ।

पोर्नोग्राफीको खतराबाट जोगाउन समेत कानुनमा संशोधन गरिएको छ । बालबालिकालाई पोर्नोग्राफीमा समावेश गर्नेविरुद्ध समेत सजायको प्रावधान राखिएको छ । रिपोर्टिङ र अदालतमा प्रमाणका रुपमा प्रस्तुत गरिने अवस्थामा बाहेक अश्लील सामग्री प्रचार गर्ने व्यक्तिलाई पनि जेल र जरिवाना दुबै तोकिएको छ । व्यवसायिक प्रयोजनका लागि बच्चालाई प्रयोग गरिने कुनै पनि रुपका अश्लील सामग्री राखेपनि सजाय दिइने छ ।

यसै वष अप्रैलमा सरकारले अध्यादेश जारी गरेको थियो । अध्यादेशमा १२ वष कम उमेरका बालबालिकासँग दुष्कर्मका दोषीलाई मृत्युको सजाय र १६ वर्ष कम उमेरका महिलालाई बलात्कार गर्नेलाई जन्मकैदको सजायको प्रावधान जारी गरिएको थियो ।

कमेन्ट गर्नुहोस्