मलेशियामा कार्यरत बिदेशी कामदारलाई सामाजिक सुरक्षा कार्यक्रम (बिज्ञप्ति सहित )

मलेशिया,पुष १३। मलेसियामा रहेका रोजगारदाता कम्पनीहरुले बिदेशी कामदारहरु लाई मलेसियाको सामाजिक सुरक्षा सस्था सोक्सोमा दर्ता गराउनु पर्ने भएको छ ।

एफ ड्ब्लु सी एस फरेन वर्कर कम्पेन्सेसनको सट्टामा सोसियल सेक्युरिटी अर्गनाइजेसनमा १जनवरी २०१९ देखि दर्ता गराउनु पर्ने भएको हो। बिदेशी कामदार लाई रोजगारदाता कम्पनीले सोक्सो मा दर्ता गराउनुपर्ने र श्रमिकको मासिक पारिश्रमिकको १.५ प्रतिशत रोजगारदाता कम्पनीले श्रमिकको पारिश्रमिक बाट कटौती नहुने गरि दर्ता गराउनुपर्ने प्राबधानमा उल्लेख छ।

दर्ता भएका कामदारले स्वास्थ उपचार ,अस्थायी तथा स्थायी आवश्यक सुबिधा ,आश्रित परिवार सुबिधा मृतकको सब फिर्ता लगायत अन्तिम दाहसंस्कार सुबिधा ,सहयोग भत्ता र पुनःस्थापना सुबिधा पाउने भएका छन। पुर्णतः बैधानिक हैसियतमा काम गर्दै आएका कामदारहरुले मात्रै सोसियल सेक्युरिटी अर्गनाइजेसन बाट पाउने सामाजिक सुरक्षा सुबिधा प्राप्त गर्ने छन ।

शुक्रबार मलेसिया स्थित नेपाली राजदुतावासले एक प्रेस बिज्ञप्ति जारी गर्दै नयाँ प्रावधान बारे जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्