देहरादूनमा फलामको पुल खस्दा दुईको मृत्यु

देहरादून । देहरादूनमा एउटा फलामे पुल खस्दा दुई जनाको मृत्यु भएको छ ।

देहरादूनको बीरपुर क्षेत्रमा तमसा नदीमाथि बनेको ब्रिटिशकालिन फलामे पुल खस्दा त्यसमाथि सवार भएर गइरहेको एउटा डम्पर र मोटरसाइकल तल खसेका थिए ।

शुक्रबार बिहान भएको यो दृर्घटनामा दुईजनाको मृत्यु भएको पत्रिका समाचार संस्थाले जनाएको छ ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । १०० वर्ष पुरानो यो पुल जीर्ण अवस्थामा रहेपनि नयाँ बन्न सकेको थिएन ।

कमेन्ट गर्नुहोस्