चितवनमा ट्रकको ठक्करबाट सञ्चारकर्मी पौडेलको निधन

चितवन, पुस १३ । ट्रकको ठक्करबाट चितवनका सन्चारकर्मी प्रवीण पौडेलको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

स्कुटीमा सवार रहेका पौडेललाई बिहान ११ बजेतिर रत्ननगरस्थित निपनीचोकमा एक मालवाहक ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारकाक्रममा भरतपुर अस्पतालमा दिउँसो मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

पौडेल ‘एपी वान’ टेलिभिजनका क्यामरा पर्सन थिए ।

बा१प ९२१ नम्बरको स्कुटरमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेका पौडेललाई ना२ख २१६६ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।

पौडेललाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्