पूर्वी इण्डोनेसियामा भूकम्प, आउला त सुनामी ?

जाकार्ता, पुस १३ । इण्डोनेसियाको पूर्वी भागमा रहेको पपुवा बरात प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको भूगर्भ विभागले जनाएको छ ।
उक्त भूकम्पले पुऱ्याएको भौत्तिक एवं मानवीय क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।

यस भूकम्पपछि सुनामी आउने चेतानी भने दिइएको छैन । स्थानीय समयानुसार शुक्रबार बिहान १०ः०३ मा सो भूकम्प आएको सो संस्थाले जानकारी दिएको छ ।

सो भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी प्रान्त मोनोक्बारीमा रहेको र २६ किलोमिटर गहिराइको रहेको पनि भौगर्भिक संस्थाका अधिकारी मुहमद फादिलाले बताए । तर सुनामीको चेतावनी भने नदिइको मुहमदले जानकारी दिएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्