खस क्षत्री सेवा समाज कतारको वनभोज कार्यक्रम सम्पन्न

कतार,पुष १४।खस क्षेत्री सेवा समाज, कतारको नियमित बैठक तथा पारिवारिक भेटघाट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष विश्व बन्धु थापाको अध्यक्षतामा सम्पन्न बैठकले संस्थाको सह-कोषाध्यक्षमा गोपाल कटुवाल, कार्यसमिति सदस्यमा शक्ति क्षत्री र महेन्द्र चालिसेलाई चयन गरेको छ । साथै बैठकले क्षत्री समाज नेपाल सङ्ग सम्बन्धन लिदै संस्थामा सदस्यता वृद्धि गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा संस्थाका संरक्षक टेकबहादुर कार्की, हंसराज ढकाल, सल्लाहकारहरु दोर्ण बस्नेत, मिलन खत्री, तेज कटुवाल लगाएत कार्यसमितिका पदाधिकारी, सदस्य, आजिवन सदस्य तथा साधारण सदस्यहरुको सहभागिता रहेको थियो ।

सन् २०१०मा स्थापना भएको खस क्षत्री सेवा समाज कतारले प्रदेशमा रहेर पनि नेपाली संस्कृति र पहिचान लाई जोगाइ राख्न लागी रहेको भन्दै आपसी भातृत्व कायम राखी राख्न वनभोज कार्यक्रम आयोजना गरेको प्रवक्ता सन्तोष क्षत्रीले बताए ।

कमेन्ट गर्नुहोस्