जापानका परराष्ट्रमन्त्री नेपाल आउने, प्रधानमन्त्रीसँग भेट गर्ने

काठमाडौं : जापानका परराष्ट्रमन्त्री तारो कोनो दुईसातापछि दुई दिने नेपाल भ्रमणमा आउने भएका छन। छ महिनाअघि परराष्ट्र मन्त्रालयले उनको प्रस्तावित तिथीलाई तलमाथि गरेको भन्दै उनी भुटान भ्रमणमा गए तर नेपाल आएनन। त्यही समयमा उनको नेपाल भ्रमण गर्ने तयारी थियो।

त्यसपछि जापान रिसाएको अनुभव गरेको नेपालले उनको भ्रमण गराउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गत महिना जापान नै गए। अन्तत उनी आगामी पुस २५ मा नेपालको दुई दिने भ्रमणको क्रममा आउने भए। परराष्ट्रमन्त्री ज्ञवालीको निम्तोमा उनी नेपाल आउन लागेका हुन। उनले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन। उनले परराष्ट्र मन्त्रीसँग डेलिगेसन स्तरमा वार्ता गर्नेछन।

यसअघि परराष्ट्रमन्त्री ज्ञवाली जापान गएर आएपछि जापनीहरुले भ्रमणको प्रस्ताव गरेका हुन। उनले आउन चाहदा नेपालले अन्य ब्यस्थता देखाएपछि जापानीहरु रिसाएका थिए। जापान नेपालको ठूलो दातृमुलुक हो भने पुरानो मित्र मुलुक पनि। जापानले नेपालको सहयोगमा निरन्तर सहयोग गर्दैछ भने आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्