एसएसबीद्वारा किलो चरेशसहित एक नेपालीलाई पक्राउ

नेपालगञ्ज, भारतीय सीमा सुरक्षा बलले  ६ किलो चरेशसहित एकजना नेपालीलाई पक्राउ गरेकाे छ ।

मानव तस्करी एवम लागु औषध ओसार पसार रोकथामका लगायत अन्य अपराध नियन्त्रणका लागी सिमा क्षेत्रमा परिचालीत गुप्तचरहरुको बिशेष सुचनाको आधारमा शुक्रबार सांझ नेपाल–भारतको सिमाना रहेके पिलर संख्या ३०/६ अर्थात बांकेको पूर्बी क्षेत्रबाट भारत तर्फ जादै गर्दा पक्राउ गरिएको एसएसबीले बताएको छ ।

रुपैडिहामा परिचालित भारतिय सिमा सुरक्षा बल(एसएसबी) का टुकडीका प्रमुख सहायक सेना नायक सुकुमार देव बर्मनका अनुसार शुक्रबार सांझ नेपालको बांके जिल्ला कोहलपुर नगरपालीका वडा नम्बर १० का अमर बहादुर सिह ६ किलो लागु औषध चरेस सहित भारतिय सिमा क्षेत्रमा पक्राउ परेको र उक्त ब्यक्तीलाई आवश्यक थप अनुसन्धान भैरहेको जानकारी दिनुभएको छ ।  नेपालमा जस्तै भारतमा पनी चरेशलाई लागु औषध अन्र्तगत गैर कानुनी कारोबारमा कडा सजायको ब्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्