चितवनकाे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला शिलान्यास माघमा

भरतपुर महानगरपालिकाले चितवनमा निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला शिलान्यास अागामी माघमा हुने भएको छ ।

भरतपुरकी मेयर रेनु दाहालले  त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको र हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गर्दै आएको २० विघा जग्गामा रंगशाला निर्माण हुने  बताइन ।

“महानगरपालिकाले भोगाधिकारसहित रंगशालाका लागि जग्गा प्राप्त गरिसकेको छ । अब काम तत्काल अघि बढ्छ” मेयर दाहालले  भनिन।

‘स्थानीय विकास मन्त्रालयबाट स्वीकृती आइसक्यो, अब शिक्षा मन्त्रालयको स्वीकृती पर्खिएर बसेका छौं,’ उनले भनिन।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको तालुकदार मन्त्रालय शिक्षा मन्त्रालय भएकोले उसको स्वीकृती आवश्यक रहेको छ । रंगशालाको प्राविधिक पक्ष शहरी विकास तथा भवन निर्माण कार्यालयले हेरेको छ ।

कमेन्ट गर्नुहोस्