खगेन्द्र जोशीको गजल: सर्जक प्यारो छ

विन्दुमा सिन्धु सिर्जना गर्ने सर्जक प्यारो छ,
जीवनमा नौलो सौन्दर्य भर्ने सर्जक प्यारो छ ।

 

पासोमा पार्ने पैसाको प्यास मनमा नपाली,
सिर्जना गर्न अगाडि सर्ने सर्जक प्यारो छ ।

 

अनेक थरी कल्पनाहरू मनमा कल्पेर,
भावुक जनको मनलाई हर्ने सर्जक प्यारो छ ।

 

साहित्य सेवा गर्नु नै आफ्नो कर्तव्य सम्झेर,
सुम्पिन जीवन पछि नपर्ने सर्जक प्यारो छ ।

 

प्रकृतिभित्र रहस्य रूपमा लुकेर रहेका,
रहस्यहरू उद्घाटित गर्ने सर्जक प्यारो छ ।

 

संसारैलाई सुगन्धित पार्न साधना गरेर,
कलाको दिव्य सुवास छर्ने सर्जक प्यारो छ ।

कमेन्ट गर्नुहोस्