निर्मला हत्या प्रकरणः विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

काठमाडौं, पुष १४ । बलात्कारपछि हत्या गरिकएकी कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तलाई न्याय माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ ।

विवेकशील साझा पार्टीको नेतृत्वमा प्रधानमन्त्रीको निवास अगाडि बालुवाटार चोकमा प्रदर्शन गरिएको हो । ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन गृह मन्त्रालय असक्षम भएको दाबी गरे । पन्तको घटनाको ५ महिना वितिसक्दा पनि सरकारले दोषी पक्राउ गर्न सकेको छैन ।

प्रहरीले अनुसन्धानको नाममा र्निदोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्