रबि ओडकी आमाको बारेमा जथाभाबी लेख्ने मुकुन्देले मागे माफी

काठमाडौं, पुष १४ । नेपाल आइडल सिजन२ का विजेता रवि ओडकी आमाप्रति गलत टिप्पणी लेखेको भन्दै चर्को आलोचना भएपछि मुकुन्द घिमिरे ‘मुकुन्दे’ले माफी मागेका छन् । उनले आफ्नो फेबसुकमार्फत सबैमाझ माफी मागेका हुन् ।

मुकुन्दले यस्तो स्टाटस लेखेका थिए–

रविले आइडल जितेको केही दिनपछि करेन्ट लागेर उनकी आमाको मृत्यु भयो । मृत्युप्रति कयौंले दुःख व्यक्त गर्दा मुकुन्देले भने ‘हाँसो’ मा उडाएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । त्यो आलोचना अहिले पनि सेलाएको छैन । झन्झन् मुकुन्देको आलोचना हुनथालेपछि फेसबुकमा स्टाटस लेख्दै उनले माफी मागेका छन् ।

कमेन्ट गर्नुहोस्