एक्सनमा सशस्त्र प्रहरी: सल्लाघारीबाट ईटालियन पेस्ताेलकाे गाेलीसहित २ जना पक्राउ

काठमाडौं, पुष १४ । भक्तपुरकाे सल्लाघारीमा सशस्त्र प्रहरी बलले ५ राउण्ड गाेलीसहित केहीलाई पक्राउ गरेकाे छ । शान्ति सुरक्षाकाे अवस्थालाइ चुस्त दुरुस्त बनाउने अभियान अन्तर्गत ती व्यक्ति पक्राउ परेकाे सशस्त्र प्रहरी बलले जनाएकाे छ ।

प्राप्त जानकारी अनुसार,  आज दिउँसाे साढे तीन बजे बजे ए.पि.एफ. ईन्टेलिजेन्स ब्यूरोबाट खटिएको विशेष टोलीले भक्तपुरको सल्लाघारीबाट कालिकोट तिलागुफा न.पा.-१ बस्ने बर्ष २५ को मोतीलाल शाही र कालिकोट मैबी गा.पा.-६ बस्ने बर्ष १८ को जाकेश शाहीलाई ईटालियन अटोमेटिक पेस्तोल थान-१ ऐ. को राउण्ड ५ गोटा र ऐ.को म्याग्जिन थान-१ सहित नियन्त्रमा लिएकाे हाे ।

दुबैलाई आवश्यक कारबाही प्रक्रियाको लागि स.प्र.बल¸ नेपाल गुल्म हे. क्वा (औधोगिक सुरक्षा) भक्तपुर नं. २८ लगिएको छ । सशत्र प्रहरी बल प्रमुख शैलेन्द्र खनालले मातहतका निकायलाई शान्ति सुरक्षा मवबुत पार्न र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न निर्देशन दिएसँगै सशस्त्र प्रहरी बलले विभिन्न क्षेत्रमा गतिविधि बढाएकाे हाे ।

केही दिन अघि मात्रै कमलपाेखरी क्षेत्रबाट गाेलीसहित एकजना व्यक्तलाई सशस्त्रले पक्राउ गरेकाे थियाे ।

कमेन्ट गर्नुहोस्