हेडमास्टर कमिसन खान टिपर चढेर हिँड्ने, अरू शिक्षकले किन पढाउने ?

चरिकोट : हेडमास्टर नै ठेकेदार भएर विद्यालय भवन पुनर्निर्माणमा लागेपछि दोलखाका अधिकांश विद्यालयको पढाइ प्रभावित भएको छ । तीन वर्षदेखि शिक्षण सिकाइ उपलब्धि घट्दो क्रममा रहेको स्रोत शिक्षको भनाइ छ ।

भूकम्पपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) दोलखाले विद्यालय व्यवस्थापन समितिमार्फत पुननिर्माण गराएको छ। पुनर्निर्माणमा हेडमास्टर खटिँदा नियमित पढाइमा असर परेको गुनासो आएको दोलखा इकाइ प्रमुख देवकुमार बरालको भनाइ छ । जिल्लाका १९२ विद्यालयमध्ये अधिकांशमा हेडमास्टरले नै पुनर्निर्माणको काम गरिरहेको अभिभावकको गुनासो छ ।

‘हेडमास्टरचाहिँ कमिसन खान टिपर चढेर निर्माण सामग्री खोज्दै हिँड्ने, अरु शिक्षकले के पढाउँथे ?’, अभिभावक रामबहादुर थामीले भने, ‘अनि कसले पढाउने ? छोराछोरी त २ बजे नै घर फर्किन्छन् ।

उनका अनुसार ७२ विद्यिालय पुनर्निर्माण भइसकेका छन् । ७२ वटा निर्माणाधीन छन् । निर्माणाधीनमध्ये ९० प्रतिशत भवन हेडमास्टरले निर्माण गरिरहेका छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्