भोलि सार्वजनिक विदा

पोखरा, पुष १४ । गण्डकी प्रदेशमा सरकारले पुस १५ गते पर्ने तमु ल्होसारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त विदा निर्णय गरेको हो । यस दिन प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा गर्ने मन्त्रिपरिषद निर्णय हो । १ वर्षमा बढीमा ६ दिन विदा घोषणा गर्न सक्ने संघीय कानुन छ ।

कमेन्ट गर्नुहोस्