मुख्यमन्त्रीको घोषणा– ‘खाडागाउँका अग्निपीडितको घर सरकारले बनाउछ’

कालीकोट, पुष १४ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने घोषणा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कालिकोटको पार्टी कार्यालय उद्घाटन गर्न कालिकोट पुगेका मन्त्री शाहीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यस्तो घोषणा गरेका हुन् ।

याे पनि पढ्नुस  ‘महेन्द्र र विपि एक जंगलका दुई शेर’

मुख्यमन्त्री शाहिले पीडितको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रति घरपरिवार रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरेको जानकारी दिए ।

पलाताका धेरैजसो घरहरु खरले छाएको हुनाले फेरि पनि यस्ता खालका विपत् आइलाग्ने हुँदा खरले छाएका जति घरहरु छन्, सबै घर परिवारलाई कर्र्कटपाता वितरण गर्ने उनको भनाइ छ ।

याे पनि पढ्नुस  ‘महेन्द्र र विपि एक जंगलका दुई शेर’

बैठकमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आगलागीबाट मानवीय क्षति नभएपनि वासस्थान नष्ट हुँदा चिसो मौशममा बालबालिका वृद्धवृद्धा र महिला बढी प्रभावित भएको बताए । क्षतिको अनुमान गर्दा रु तीन करोड, छ लाख ३३ हजारसम्म क्षतिको अनुमान गरिएको पनि प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्