सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छः प्रदेश सभामुख श्रेष्ठ

काठमाडौँ, पुस १५ । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिका–३२ जडीबुटी, कोटदेवीनगरस्थित कोटदेवी बचत तथा ऋण सहकारी संस्थाको भवनको आज उद्घाटन गरे ।

साढे चार आनामा बनेको सो भवनको लागत करीब रु तीन करोड रहेको छ । सो अवसरमा सभामुख श्रेष्ठले सहकारी संस्थाले बचतकर्ता र लगानीकर्ताको हितका लागिमात्रै नभई संस्थाले सामाजिक उत्तरदायित्व र आर्थिक विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

सहकारी क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको पनि उनले बताए ।

संस्थाका कार्यकारी अध्यक्ष सुमन जिसीले यो वर्षको असार मसान्तसम्म संस्थामा ६९५ जना सदस्य रहेको र रु ११ करोड ७१ लाख निक्षेप सङ्कलन भएको तथा रु ११ करोड १६ लाख लगानी गरेको जानकारी दिए ।

संस्थाका सचिव जयन्तीकुमार ढकालले संस्थाको वार्षिक प्रतवेदन, कोषाध्यक्ष राजु श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक पुष्पराज श्रेष्ठले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे । रासस

कमेन्ट गर्नुहोस्